Exodus 4:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले भन्नुभयो, “तिनीहरूले तँलाई विश्वास गरेनन् भने र त्यो पहिलो चिन्ह पत्याएनन् भने यो चिन्हले गर्दा तिनीहरूले पत्यार गर्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब परमेश्वरले भन्नुभयो, “तिनीहरूले तेरा कुरा पत्याएनन् र त्यो पहिलो चिन्हलाई वास्ता गरेनन् भने, शायद तिनीहरूले पछिल्लो चिन्हलाई पत्याउनेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब याहवेहले भन्नुभयो, “यदि तिनीहरूले तँलाई विश्वास गरेनन् अथवा पहिलो अद्भुत चिन्हमा ध्यान दिएनन् भने तिनीहरूले दोस्रोमा विश्वास गर्लान्।
Nepali ERV (पवित्र बाइबल)
तब परमेश्वरले मोशालाई भन्नुभयो, “यदि मानिसहरूले तिमीलाई विश्वास गर्दैन जब तिमी हिंडने लहुरो उपयोग गर्छौ जब तिमी तिनीहरूलाई यो संकेत देखाउँछौ, तिनीहरूले तिमीलाई विश्वास गर्नेछन्।