Exodus 40:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब तिनले सन्दुक पालभित्र राखे र त्यसलाई छेल्ने गरी पर्दा झुन्ड्याए। यसरी परमप्रभुले आज्ञा गर्नुभएअनुसार करारको सन्दुकको रक्षा भयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिनले सन्दूक पवित्र वासस्थानभित्र ल्याए, र छेक्ने पर्दा टाँगेर गवाहीको सन्दूक छेके, जस्तो परमप्रभुले तिनलाई आज्ञा गर्नुभएको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि तिनले त्यो सन्दुकलाई समागम पालभित्र ल्याए, र त्यसलाई पर्दाले ढाकिदिए; जस्तो याहवेहले मोशालाई आज्ञा गर्नुभएको थियो।
Nepali ERV (पवित्र बाइबल)
तब मोशाले पवित्र सन्दूक पवित्र पालभित्र राखे अनि यसको अघि पर्दा झुण्डाइदिए। यस प्रकारले पर्दा पछाडी करारको सन्दूकलाई तिनले सुरक्षित पारे। तिनले परमप्रभुले दिनु भएको निर्देशन अनुसार गरे।