Exodus 40:29 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यहाँ पर्दाको अघिल्तिर होमबलि चढाउने वेदी राखे। परमप्रभुले आज्ञा गर्नुभएअनुसार तिनले वेदीमा होमबलि र अन्नबलि चढाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिनले भेट हुने पाल, अर्थात् पवित्र वासस्थानको ढोकामा होमबलिको वेदी राखेर त्यसमा होमबलि र अन्नबलि चढ़ाए, जस्तो परमप्रभुले तिनलाई आज्ञा गर्नुभएको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले मोशालाई आज्ञा गर्नुभएअनुसार तिनले समागम पालको भेट हुने पालको ढोकाको नजिक वेदी बनाएर होमबलि र अन्नबलि चढाए।
Nepali ERV (पवित्र बाइबल)
मोशाले होमबलिहरूका निम्ति वेदीलाई पवित्र पालको, (जसलाई भेट हुने पाल पनि भनिन्छ) प्रवेशद्वारमा राखे। उनले वेदीमाथि होमबलि र अन्नबलिहरू चढाए। उनले यो सबै परमप्रभुले आज्ञा गरे अनुसार नै गरे।