Exodus 40:38 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले जहिलेसम्‍म यात्रा गरे, त्‍यतिञ्‍जेल तिनीहरूले दिउँसो पवित्र पालमाथि परमप्रभु उपस्‍थित हुनुभएको जनाउने बादल र राती त्‍यसमाथि आगो बलेको देख्‍थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तसर्थ सबै इस्राएलीहरूका घरानाअगि र तिनीहरूका सबै यात्राभरि दिउँसो परमप्रभुको बादल पवित्र वासस्‍थानमा हुन्‍थ्‍यो, र रातीचाहिँ बादलमा आगो हुन्‍थ्‍यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसरी सारा इस्राएलीहरूले तिनीहरूका सबै यात्राभरि समागम पालमाथि दिनमा याहवेहको बादल र राति बादलमा आगो देख्थे।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ दिउँसो पवित्र पालमाथि परमप्रभुको बादल रहन्थ्यो अनि राती बादलमा आगो देखिन्थ्यो। यसर्थ जब यात्रा गर्थे समस्त इस्राएलीहरू बादल देख्न सक्थे।

Recommended Reading