Exodus 5:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब मोशा र हारून मिश्रका राजाकहाँ गएर भने, “परमप्रभु इस्राएलका परमेश्‍वर भन्‍नुहुन्‍छ, ‘मेरा प्रजालाई जान दे र तिनीहरूले उजाड-स्‍थानमा मेरो भक्ति गर्न एउटा चाड मनाउनेछन्’।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसपछि मोशा र हारून फारोकहाँ गएर भने, “परमप्रभु इस्राएलीहरूका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ, ‘उजाड़-स्‍थानमा मेरो निम्‍ति चाड़ मनाउनलाई मेरो प्रजालाई जान दे’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि मोशा र हारून फारोकहाँ गएर भने, “याहवेह, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: ‘मेरा मानिसहरूलाई मेरा निम्ति उजाडस्थानमा चाड मनाउनलाई जान दे।’ ”
Nepali ERV (पवित्र बाइबल)
मानिसहरूसंग कुरा गरेपछि मोशा र हारून फिरऊनकहाँ गए। तिनीहरूले भने, “परमप्रभु इस्राएलीहरूका, परमेश्वर भन्नुहुन्छ, ‘मेरो मानिसहरू भरूभूमिमा जाऊन अनि तिनीहरूले मेरो सम्मानमा भोज मनाउन सकून्।”