Exodus 5:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मिश्री कामदारहरूले काम हेर्न खटिएका इस्राएली नाइकेहरूलाई यसो भन्दै पिट्थे, “तिम्रा मानिसहरूले किन पहिलाको जति नै इँटा बनाउँदैनन्?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इस्राएलीहरूमाथि नियुक्त भएका इस्राएली नाइकेहरूलाई फारोका कामदारहरूले पिटे, र तिनीहरूलाई यसो भनेर सोधे, “अघिझैँ इँट नबनाएर हिजो र आज आफ्नो काम किन पूरा गरेनौ?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
फारोका यातना दिने ठेकेदारहरूबाट नियुक्त गरिएका इस्राएली नाइकेहरूलाई तिनीहरूले पिटे र यसो भन्दै सोधे, “तिमीहरूले हिजो र आज आफ्ना इँटाको परिमाण किन पहिलेझैँ पुर्याएनौ?”
Nepali ERV (पवित्र बाइबल)
मिश्री कमारा मालिकहरूले हिब्रू परिदर्शकहरूलाई चुनेर मानिसहरूको कामको निम्ति उत्तरदायी बनाएका थिए। मिश्र कमारा मालिकहरूले ती हिब्रू नायकहरूलाई पिटे अनि तिनीहरूलाई भने, “तिमीहरूले किन पहिले जति ईंटा बनाइरहेका छैनौ, यदि तिमीहरूले त्यति समय बनाउन सकथ्यौ भने अहिले बनाउन सक्छौ?”