Exodus 5:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राजाले सोधे, “परमप्रभु को हुन्? मैले किन उहाँलाई सुन्नु र इस्राएलीहरूलाई जान दिनु? म परमप्रभुलाई चिन्दिनँ र इस्राएलीहरूलाई जान दिन्नँ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
फारोले भने, “परमप्रभु को हो, र म तिनको कुरा मानेर इस्राएलीहरूलाई जान दिऊँ? परमप्रभुलाई म चिन्दिनँ, र इस्राएलीहरूलाई म जान पनि दिन्नँ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
फारोले भने, “याहवेह को हुनुहुन्छ, र म उहाँको हुकुम पालन गरूँ, र इस्राएलीहरूलाई जान दिऊँ? म याहवेहलाई चिन्दिनँ, र इस्राएलीहरूलाई जान पनि दिन्नँ।”
Nepali ERV (पवित्र बाइबल)
तर फिरऊनले भने, “परमप्रभु को हुनुहुन्छ? मैले किन उहाँको आज्ञा पालन गर्नु पर्छ? मैले किन इस्राएलीहरूलाई जान दिनु पर्छ? म यो परमप्रभुको हो चिन्दिन, अनि म इस्राएलीहरूलाई जान दिंदिनँ।”