Exodus 5:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले मोशा र हारूनलाई भने, “तिमीहरूले जे गरेका छौ, परमप्रभुले देख्‍नुभएको छ। तिमीहरूले गर्दा राजा र तिनका भारदारहरू हामीसित रिसाएका छन्। त्‍यसको निम्‍ति परमेश्‍वरले तिमीहरूलाई दण्‍ड दिनुहुनेछ। तिमीहरूले गर्दा तिनीहरूले हामीलाई मार्ने निहुँ पाएका छन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले भने, “परमप्रभुले तपाईंहरूको इन्‍साफ गरून्, किनभने तपाईंहरूले फारो र उनका चाकरहरूको दृष्‍टिमा हामीलाई तिरस्‍कृत तुल्‍याउनुभएको छ, र हामीलाई काट्‌न उनीहरूका हातमा तरवारै दिनुभएको छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि तिनीहरूले भने, “याहवेहले तपाईंहरूमाथि दृष्‍टि गरून् र न्याय देऊन्! तपाईंहरूले हामीलाई फारो र उनका अधिकारीहरूको अगि घृणित बनाउनुभयो, र हामीलाई मार्नका निम्ति तिनीहरूका हातमा तरवार राखिदिनुभएको छ।”
Nepali ERV (पवित्र बाइबल)
यसैकारण तिनीहरूले मोशा र हारूनलाई भने, “तपाईंहरूले साँच्चे गल्ती गर्नु भयो जब तपाईंहरूले फिरऊनलाई हामीलाई छोडने कुरा गर्नुभयो। परमप्रभुले तपाईंहरूलाई दण्ड दिऊन्। किनभने तपाईंहरूले फिरऊन र उसका अधिकारीहरूलाई हामीसित घिनाउने बनाउनु भयो। तपाईंले तिनीहरूलाई हामीलाई मार्ने निहुँ दिनु भएको छ।”