Exodus 5:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंको तर्फबाट म गएर राजासँग बोलेको समयदेखि तिनले यिनीहरूसित अझै निष्‍ठुरी व्‍यवहार गरेका छन्। यिनीहरूको मद्दतको लागि तपाईंले केही गर्नुभएको छैन।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म तपाईंको नाउँमा बोल्‍नलाई फारोकहाँ गएदेखि यता उनले यी मानिसहरूको खराबी गर्न लागेका छन्‌। तर तपाईंले आफ्‍ना मानिसहरूलाई छुटकारा पनि दिनुभएको छैन।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म फारोकहाँ तपाईंको नाममा बोल्न गएकै बेलादेखि तिनले यी प्रजामाथि सङ्कष्‍ट ल्याएका छन्; अनि तपाईंले आफ्नो प्रजालाई छुटकारा दिनुभएको छैन।”
Nepali ERV (पवित्र बाइबल)
म फिरऊनकहाँ गएँ र तपाईंले जे भन्नु भएको थियो त्यही कुरा गरें। तर त्यस समयदेखि फिरऊन तिनीहरू प्रति अधिक क्रोधित भएका छन् अनि तपाईंले तिनीहरूलाई केही सहायता गर्नु भएन।”