Exodus 5:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मोशा र हारूनले जवाफ दिएर भने, “हिब्रूहरूका परमेश्‍वरले हामीलाई दर्शन दिनुभएको छ। हामीलाई उजाड-स्थानमा तीन दिन यात्रा गर्न दिनुहोस् र त्‍यहाँ गएर हामी आफ्‍ना परमप्रभु परमेश्‍वरलाई बलि चढाउनेछौं। हामीले त्‍यसो गरेनौं भने रुढि वा लडाइँद्वारा उहाँले हामीलाई नाश पार्नुहुनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिनीहरूले भने, “हिब्रूहरूका परमेश्‍वरले हामीलाई भेट गर्नुभएको छ। बिन्‍ती छ, उजाड़-स्‍थानमा तीन दिनको बाटो गएर हाम्रा परमेश्‍वरको निम्‍ति बलि चढ़ाउन हामीलाई जान दिनुहोस्, नत्रता उहाँले हामीलाई रूढ़ी वा तरवारले प्रहार गर्नुहुनेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तिनीहरूले भने, “हिब्रूहरूका परमेश्‍वरले हामीलाई भेट्नुभयो। अब हामीलाई तीन दिनको यात्रा गरी उजाडस्थानमा गएर याहवेह हाम्रा परमेश्‍वरका निम्ति बलिदान चढाउन जान दिनुहोस्, नत्रता उहाँले हामीलाई रूढीले अथवा तरवारले प्रहार गर्नुहुनेछ।”
Nepali ERV (पवित्र बाइबल)
तब हारून र मोशाले भने, “हिब्रूहरूका परमेश्वरले हामीसित कुरा गर्नु भयो। यसर्थ हामीहरूलाई तीन दिनसम्म मरूभूमिमा यात्रा गर्न दिनुहोस् भनी विन्ती गर्छौं। हामी परमप्रभु हाम्रा परमेश्वरलाई त्यहाँ बलि चढाउने छौं। यदि हामीले त्यसो गरेनौं भने उहाँले हामीमाथि रोगहरू लगाउनु हुनेछ अथवा शत्रुहरूद्वारा आक्रमण गराउनु हुनेछ।”