Exodus 5:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर इँटा पहिलाको जति नै बनाउनुपर्नेछ, एउटै इँटा पनि कम गर्न पाउनेछैन। काम थोरै भएकोले यिनीहरू आफ्‍ना परमेश्‍वरलाई पुज्‍न जान दिनुहोस् भनी मलाई भनिरहेका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर इँट भने तिनीहरूले अझसम्‍म जति बनाउँदैआएका छन्‌ तिमीहरूले त्‍यति नै बनाउन लगाओ। तिनको संख्‍या कत्ति पनि नघटाओ, किनकि तिनीहरू अल्‍छे भएका छन्‌। यसैले त तिनीहरू ‘हाम्रा परमेश्‍वरको निम्‍ति बलि चढ़ाउनलाई जान दिनुहोस्‌’ भन्‍दै कराउँछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तिनीहरूलाई पहिलेकै संख्यामा इँटाहरू बनाउन भन्‍नू; त्यसको संख्या नघटाउनू। तिनीहरू अल्छे छन्; यसैले तिनीहरू ‘हामीलाई आफ्ना परमेश्‍वरका निम्ति बलिदान चढाउन जान दिनुहोस्’ भनी कराउँदैछन्।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले पहिले झैं त्यति नै संख्या ईंटा बनाउनु पर्छ। तिनीहरू अल्छी भएका छन् अनि त्यसैकारण तिनीहरू यहाँबाट जाने अनुमति मागि रहेका छन् त्यसैले तिनीहरू आफ्नो परमेश्वरलाई बलि चढाउन अनुमति माग्दैछन्।