Exodus 6:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “राजालाई म के गर्नेछु, अब तैँले देख्‍नेछस्। मेरो प्रजालाई छोडिदिन म त्‍यसलाई कर लाउनेछु। तिनीहरूलाई यस देशबाट खेदिपठाउन त्‍यसलाई कर लाग्‍नेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “म फारोलाई के गर्नेछु, अब तैंले देख्‍नेछस्‌। त्‍यसले मेरो शक्तिशाली हातको कारणले तिनीहरूलाई जान दिनेछ। मेरो बलियो हातको कारणले तिनीहरूलाई आफ्‍नो देशबाट त्‍यसले धपाउनेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब याहवेहले मोशालाई भन्‍नुभयो, “अब म फारोलाई के गर्नेछु, सो तैँले देख्नेछस्: मेरा शक्तिशाली हातको कारण त्यसले तिनीहरूलाई जान दिनेछ; मेरा शक्तिशाली हातको कारण त्यसले तिनीहरूलाई आफ्नो देशबाट धपाइदिनेछ।”
Nepali ERV (पवित्र बाइबल)
तब परमप्रभुले मोशालाई भन्नुभयो, “अब तिमीले हेर्नेछौ फिरऊनलाई म के गर्नेछु। म मेरो महाशक्ति उसको विरोधमा चलाउनेछु अनि उसले मेरा मानिसहरूलाई जान दिनेछ। तिनीहरूलाई पठाउनको निम्ति फिरऊन यति व्याकुल हुनेछ कि उ आफैले तिनीहरूलाई जबरजस्ती पठाउनेछ।”