Exodus 6:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब्राहाम, इसहाक र याकूबकहाँ म सर्वशक्तिमान् परमेश्वर भएर देखा परें तर मेरो पवित्र नाम परमप्रभुले चाहिँ तिनीहरूकहाँ प्रकट भइँनँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब्राहाम, इसहाक र याकूबकहाँ म सर्वशक्तिमान् परमेश्वरको रूपमा देखा परें, तर “परमप्रभु” भन्ने मेरो नाउँले त तिनीहरूकहाँ प्रकट भइनँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म अब्राहाम, इसहाक र याकोबकहाँ सर्वशक्तिमान् परमेश्वरको रूपमा देखा परेँ, तर याहवेह मेरो नामले त मैले आफैँलाई तिनीहरूसित परिचित गराइनँ।
Nepali ERV (पवित्र बाइबल)
अब्राहाम, इसहाक र याकूबको अघि प्रकट भएको थिएँ। तिनीहरूले मलाई एल-सदाई भने। तिनीहरूले मेरो नाउँ यहोवा (परमप्रभु) भनी जाने।