Exodus 6:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म तिमीहरूलाई आफ्नो प्रजा बनाउनेछु र तिमीहरूका परमेश्वर हुनेछु। मिश्रको दासत्वदेखि तिमीहरूलाई छुटकारा दिएको बेलामा म परमप्रभु तिमीहरूका परमेश्वर हुँ भनी तिमीहरू जान्नेछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म तिमीहरूलाई मेरै प्रजा हुनलाई ग्रहण गर्नेछु, र म तिमीहरूका परमेश्वर हुनेछु। अनि म तिमीहरूका परमप्रभु परमेश्वर हुँ, जसले तिमीहरूलाई मिश्रीहरूको दासत्वबाट निकाल्नुभयो भन्ने कुरा तिमीहरूले जान्नेछौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तिमीहरूलाई मेरा आफ्नै मानिसहरूझैँ लिनेछु, र म तिमीहरूका परमेश्वर हुनेछु। तब म नै तिमीहरूका याहवेह परमेश्वर हुँ, जसले तिमीहरूलाई इजिप्टियनहरूका दासत्वको जुवामुनिबाट बाहिर निकालेर ल्याउनुभयो भन्ने कुरा तिमीहरूले जान्नेछौ;
Nepali ERV (पवित्र बाइबल)
तिमीहरू मेरा मानिसहरू हुनेछौ अनि म तिमीहरूका परमेश्वर हुनेछु। म परमप्रभु तिमीहरूको परमेश्वर हुँ र तिमीहरूलाई मैले मिश्रको मानिसहरूबाट स्वतन्त्र पारेको थाह पाउनेछौ।