Exodus 7:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मोशा र हारून राजाकहाँ गए र परमप्रभुले भन्नुभएअनुसार गरे। राजा र उनका भारदारहरूको अघि हारूनले आफ्नो लट्ठी फाले र त्यो एउटा साँप बन्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब मोशा र हारून फारोकहाँ गएर परमप्रभुले आज्ञा गर्नुभएबमोजिम गरे। हारूनले आफ्नो लहुरो लिएर फारो र उनका अधिकारीहरूका सामुन्ने फालिदिए, र त्यो साँप बन्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण मोशा र हारून फारोकहाँ गएर याहवेहले आज्ञा गर्नुभएझैँ गरे। हारूनले फारो र उनका अधिकारीहरूको सामु आफ्नो लहुरो भुइँमा फाले, र त्यो एउटा सर्प बन्यो।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ मोशा र हारूनले परमप्रभुको आदेश पालन गरेर फिरऊन कहाँ गए। हारूनले फिरऊन र तिनका अधिकारीहरूले हेरेको समयमा आफ्नो लहुरो तल फ्याँकिदिए अनि त्यो लहुरो सर्प भयो।