Exodus 7:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बिहान राजा नील नदीमा जाँदा तँ गएर त्यसलाई भेट्। त्यो साँप बनिएको लट्ठी लिएर जा र नदीको किनारमा त्यसलाई पर्खिबस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तँचाहिँ बिहानै फारो नदीतिर गइरहेको बेलामा त्यसकहाँ जा। नील नदीको किनारमा त्यसलाई भेट्न उभिरहनू, र त्यो साँप बनेको लहुरो पनि हातमा लैजा।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बिहान फारो नदीमा गएको बेला त्यसकहाँ जा। नील नदीको किनारमा त्यससँग भेट गर्नलाई पर्खिबस्; अनि सर्पमा परिणत भएको त्यो लहुरो हातमा लिएर जा।
Nepali ERV (पवित्र बाइबल)
बिहानै फिरऊन नदीतिर जानेछ। नील नदीको किनारमा उसलाई भेट। त्यो सर्प बनिएको लहुरो लगेर जाऊ।