Exodus 7:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब मोशा र हारूनले परमप्रभुले आज्ञा गर्नुभएअनुसार गरे। राजा र भारदारहरूका अघि हारूनले आफ्‍नो लट्ठी उचालेर नदीलाई हिर्काए र त्‍यहाँ भएको सबै पानी रगत भयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब मोशा र हारूनले परमप्रभुको आज्ञाबमोजिम गरे। फारो र उनका अधिकारीहरूकै सामुन्‍ने तिनले लहुरो उठाएर नील नदीको पानीमा हिर्काए। तब जम्‍मै पानी रगत भइहाल्‍यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मोशा र हारूनले याहवेहले आज्ञा दिनुभएबमोजिम गरे। तिनले फारो र उनका अधिकारीहरूका उपस्थितिमा आफ्नो लहुरो उठाए, र नील नदीको पानीलाई हिर्काए; अनि सबै पानी रगतमा परिणत भयो।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ परमप्रभुले आज्ञा गर्नु भएका सबै कुरा मोशा र हारूनले गरे। हारूनले आफ्नो लहुरो उठाएर नील नदीको पानीमा हिर्काए। उसले यसो फिरऊन र उसका अधिकारीहरूको सामुन्नेमा गरे। यसो गरेपछि नदीको सबै पानी रगतमा परिणत भयो।