Exodus 7:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पानीका माछाहरू मरे र त्यहाँ यति दुर्गन्ध भयो कि मिश्रीहरूले पानी पिउन सकेनन्। मिश्रको सबै पानी रगत भयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
नील नदीका माछाहरू मरे, र नदी गन्हाउन लाग्यो, र मिश्रीहरूले नदीको पानी खान सकेनन्। मिश्रको सबै पानी रगत भयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
नील नदीमा भएका माछाहरू मरे, र नदीमा यति नराम्रो गन्ध आउन थाल्यो कि इजिप्टियनहरूले त्यस नदीको पानी पिउन सकेनन्। इजिप्ट देशभरि सबै पानी रगतै-रगत भयो।
Nepali ERV (पवित्र बाइबल)
पानीका माछाहरू मर्न थाले अनि नदीको पानीबाट कुहेको गन्ध आउन थाल्यो। यसर्थ मिश्रका मानिसहरूले नदीबाट पानी पिउन सकेनन्। मिश्रमा जता ततै रगत भयो।