Exodus 7:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब राजाका जादूगरहरूले आफ्‍ना जादूमन्‍त्रले पनि त्‍यसै गरे। राजा अघिझैँ ढिट रहे। परमप्रभुले भन्‍नुभएअनुसार राजाले मोशा र हारूनका कुरा सुन्‍न मानेनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर मिश्रका जादूगरहरूले पनि आफ्‍ना गोप्‍य सीपद्वारा त्‍यसै गरे। अनि परमप्रभुले भन्‍नुभएझैँ फारोको हृदय कठोर भयो, र उनले तिनीहरूका कुरा सुनेनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर इजिप्टका जादुगरहरूले पनि आफ्ना गुप्‍त कलाद्वारा त्यस्तै काम गरे; अनि फारोको हृदय कठोर भयो, र याहवेहले भन्‍नुभएझैँ उनले मोशा र हारूनका कुरा सुनेनन्।
Nepali ERV (पवित्र बाइबल)
जादूगरहरूले आफ्नो मंत्र प्रयोग गरे अनि तिनीहरूले पनि त्यसै गरे। यसर्थ फिरऊनले मोशा र हारूनको कुरा मान्न अस्वीकार गरे। त्यस्तै भयो जस्तो परमप्रभुले भन्नु भएको थियो।