Exodus 8:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राजाले भने, “भोलि मेरो निम्ति प्रार्थना गरिदेऊ।” मोशाले भने, “म तपाईंले भन्नुभएअनुसार गर्नेछु, तब तपाईंले जान्नुहुनेछ कि परमप्रभु हाम्रा परमेश्वरजस्तो अर्को कोही छैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनले भने, “भोलि।” मोशाले भने, “तपाईंको वचनअनुसार होस्, र तपाईंले जान्नुहोला कि परमप्रभु हाम्रा परमेश्वरजस्तो अरू कोही छैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
फारोले भने, “भोलि प्रार्थना गरिदिनुहोला।” मोशाले जवाफ दिए, “तपाईंले भन्नुभएझैँ नै हुनेछ, र तपाईंले याहवेह हाम्रा परमेश्वरझैँ अरू कोही छैन भन्ने जान्न सक्नुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
फिरऊनले भने, “भोलिसम्म।” मोशाले भने, “तपाईंले जे भन्नु भयो त्यसै हुनेछ। यसरी तपाईंले जान्नु हुनेछ, त्यहाँ कोही परमप्रभु हाम्रा परमेश्वर जस्तो छैन,