Exodus 8:22 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर म त्यो दिन मेरो प्रजा बसेको गोशेन प्रदेशलाई जोगाउनेछु र त्यहाँ झिँगा हुनेछैन। म त्यसो गर्नेछु र तैँले जान्नेछस् कि तेरो देशमा म परमप्रभुले नै यी कामहरू गरिरहेको छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“‘तर त्यस दिन म मेरा मानिसहरू बस्ने गोशेन प्रदेशलाई चाहिँ छुट्ट्याउनेछु, र त्यहाँ झीँगाका बथान हुनेछैन। तब तैंले जान्नेछस् कि म, परमप्रभु यस देशमा छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ ‘तर त्यस दिन म मेरा मानिसहरू बस्ने गोशेनको प्रान्तप्रति बेग्लै किसिमले व्यवहार गर्नेछु; त्यहाँ झिँगाको कुनै हुल हुनेछैन, र तैँले म नै याहवेह, यस देशमा छु भनी जान्नेछस्।
Nepali ERV (पवित्र बाइबल)
तर इस्राएलहरू र मिश्रका मानिसहरूसित एकै प्रकारको व्यवहार गर्दिनँ गोशेनमा जहाँ मेरा मानिसहरू बस्छन् त्यहाँ झींगा हुनेछैनन्। यसप्रकार तिमीले चाल पाउँने छौ कि म परमप्रभु यस भूमिमा छु।