Exodus 8:24 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले राजमहल र भारदारहरूका घरमा हुलका हुल झिँगाहरू पठाउनुभयो। झिँगाले सारा मिश्रदेशलाई हैरान पार्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि परमप्रभुले त्यसै गर्नुभयो। फारोको महल, उनका अधिकारीहरूका घर-घरमा हूलका हूल झीँगाहरू आए, र झीँगाहरूको कारण मिश्र बरबाद भयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि याहवेहले त्यसै गर्नुभयो। फारोको महलमा र तिनका अधिकारीहरूका घरहरूभित्र धेरै मात्रामा झिँगाका हुलका हुल खनिए; र इजिप्टको जमिन झिँगाहरूद्वारा नाश भयो।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि परमप्रभुले जे भन्नु भएको थियो, त्यही भयो। धेरै-धेरै झींगाहरू मिश्रमा आए। फिरऊन र तिनका अधिकारीहरूको घर झींगाले भरिए अनि मिश्र देश भरी नै झींगै-झींगा भए। झीगाहरूले देश नै नष्ट पारिरहेका थिए।