Exodus 8:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
नील नदीमा यति धेरै भ्यागुता भरिनेछन् कि तिनीहरू नदी छोडी तेरो महलमा, सुत्ने कोठा र पलङ्गमा, तेरा भारदार र प्रजाका घरमा र तेरा चुला र पकाउने भाँडाहरूमा समेत आइपुग्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि नील नदी भ्यागुताले भरिनेछ, र ती तेरो महल, तेरो सुत्ने कोठा, तेरो पलङ्ग, तेरा अधिकारीहरूका घर-घरमा र तेरा प्रजामाथि, र तेरा चुलाहरू र पीठो मुछ्ने आह्रीहरूमा आउनेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
नील नदी भ्यागुताले भरिनेछ। ती भ्यागुताहरू तेरो महलभित्र, तेरो सुत्ने कोठाभित्र, तेरो खाटमाथि, तेरा अधिकारीहरूका घर-घरमा, तेरा प्रजामाथि, तेरो चुल्हा र पिठो मुछ्ने भाँडाहरूमा उक्लेर आउनेछन्।
Nepali ERV (पवित्र बाइबल)
नील नदी भ्यागुताले भरिनेछ। भ्यागुताहरू नदीबाट आउने छन् अनि तिमीहरूका घरभित्र पस्नेछन्। तिनीहरूको सुत्ने कोठाहरू र ओछ्यानहरू भरि हुनेछन्। भ्यागुताहरू रोटी बनाउने भाँडाहरू अनि अधिकारीहरूका घरहरूमा भरिनेछन्।