Exodus 8:31 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले मोशाको प्रार्थनाअनुसार गर्नुभयो। झिँगाहरू राजा, तिनका भारदार र प्रजादेखि हटे। एउटा पनि झिँगा त्यहाँ रहेन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि परमप्रभुले मोशाको वचनअनुसार गर्नुभयो, र फारो र उनका अधिकारीहरू र उनका प्रजाकहाँबाट ती झीँगाका हूल एउटै पनि नरहने गरी हटे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले मोशाले मागेअनुसार गरिदिनुभयो: ती झिँगाका हुलहरू फारो, तिनका अधिकारीहरू र तिनका मानिसहरूलाई छोडेर गइहाले; एउटै झिँगा पनि बाँकी रहेन।
Nepali ERV (पवित्र बाइबल)
मोशाले विन्ती गरे जस्तै नै परमप्रभुले गर्नु भयो। परमप्रभुले फिरऊन, उसका अधिकारीहरू र उसका मानिसहरूका घरहरूबाट झीगाहरू हटाइदिनु भयो। झोंगा एउटा रहेन।