Exodus 8:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मोशाले उत्तर दिए, “म खुसीसाथ तपाईंको निम्ति प्रार्थना गर्नेछु। तपाईं, तपाईंका भारदार र प्रजाहरूका निम्ति मैले कति बेला प्रार्थना गर्नुपर्ने हो, सो समय तोकिदिनुहोस्। तब सबै भ्यागुताहरू हट्नेछन् र नील नदीमा बाहेक अरू कहीँ पनि भ्यागुता पाइनेछैन।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मोशाले फारोलाई भने, “हुकुम गर्नुहोस्, कुन बेला म तपाईं र तपाईंका अधिकारीहरू र तपाईंका प्रजाका निम्ति बिन्ती गरूँ, र भ्यागुताहरू तपाईं र तपाईंका घरहरूबाट नष्ट भएर जाऊन् र नील नदीमा मात्रै रहून्?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मोशाले फारोलाई भने, “मैले तपाईंका निम्ति, तपाईंका अधिकारीहरू र तपाईंका प्रजाका निम्ति नील नदीका बाहेक यी भ्यागुताहरू तपाईं र तपाईंका घरहरूबाट मुक्त गरिऊन् भनेर प्रार्थना गरिदिने समय ठहराउने सम्मानचाहिँ म तपाईंलाई नै दिन्छु।”
Nepali ERV (पवित्र बाइबल)
मोशाले फिरऊनलाई भने, “भन्नुहोस् भ्यागुताहरू कहिले जावोस्। म तपाईं, तपाईंका मानिसहरू तथा तपाईंका अधिकारीहरूको निम्ति प्रार्थना गर्नेछु। तब भ्यागुताहरूले तपाईंहरू र तपाईंका घर छोडने छन् र नदीमा मात्र रहनेछन्।”