Exodus 9:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसरी ती दुई खरानी लिएर राजाकहाँ गए। मोशाले खरानी हावामा फ्याँकिदिए र त्यो खरानीले सबै मानिस र पशुहरूका शरीरमा पिलो उब्जाइदियो। पिलो फुटेर घाउखटिरा भयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिनीहरू भट्टीको खरानी लिएर फारोको सामुन्ने खड़ा भए, र मोशाले हावामा त्यो छरिदिए। अनि मानिस र पशुका शरीरमा खटिरा निस्किआए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तिनीहरू भट्टीबाट खरानी लिएर फारोको सामु खडा भए। मोशाले त्यसलाई हावामा छरिदिए; अनि मानिसहरू र पशुहरूमा पाक्ने खटिरा निस्के।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ मोशा र हारूनले एउटा भट्टीबाट खरानी लिए अनि फिरऊनको अघि उभिए। मोशाले खरानी हावामा फ्याँकिदिए अनि मानिसहरू तथा पशुहरूको छालामा खटिरा निस्कन थाल्यो।