Exodus 9:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले मोशालाई भन्‍नुभयो, “भोलि बिहानै राजालाई भेटेर भन्, ‘परमप्रभु हिब्रूहरूका परमेश्‍वर भन्‍नुहुन्‍छ, मेरा प्रजालाई जान दे र तिनीहरूले गएर मलाई पुजून्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
फेरि परमप्रभुले मोशालाई भन्‍नुभयो, “बिहान सबेरै उठेर फारोको सामुन्‍ने हाजिर हो, र त्‍यसलाई भन्, परमप्रभु हिब्रूहरूका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: मेरो आराधना गर्नलाई मेरा प्रजालाई जान दे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
फेरि याहवेहले मोशालाई भन्‍नुभयो, “बिहान सबेरै उठ्, र फारोलाई भन्, ‘याहवेह, हिब्रूहरूका परमेश्‍वर यसो भन्‍नुहुन्छ: मेरा मानिसहरूलाई जान दे, र तिनीहरूले मेरो आराधना गरून्,
Nepali ERV (पवित्र बाइबल)
तब परमप्रभुले मोशालाई भन्नुभयो, “बिहान चाँडै उठ अनि फिरऊनकहाँ जाऊ। उसलाई भन, ‘परमप्रभु हिब्रू मानिसहरूका परमेश्वर भन्नुहुन्छ, ‘मेरा मानिसहरूलाई जान देऊ तिनीहरूले मेरो आराधना गरून।