Exodus 9:19 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब बाहिर मैदानतिर भएका तेरा गाई-वस्तु र अरू सबै थोक ओत लगाउने आज्ञा दे। बाहिर ओतबिना छोडिएका मानिस र पशुहरूमाथि असिना ओइरिनेछ र ती सबै मर्नेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब मानिसहरू पठाएर मैदानमा भएका गाईबस्तुहरू र जे-जे छन्, सबै चाँड़ै भित्र्या, किनकि मैदानमा छोड़िएका र घरमा नहुलेको हरेक मानिस र पशुमाथि असिना बर्सिनेछ, र ती मर्नेछन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण तेरा गाईबस्तुहरू, तेरा खेतमा भएका हरेक कुरा सुरक्षित ठाउँमा ल्याउन भनी अहिले हुकुम दे; किनकि भित्र नल्याइएका, र खेतमै रहेका प्रत्येक मानिस र पशुमाथि असिना बर्सनेछ, र ती मर्नेछन्।’ ”
Nepali ERV (पवित्र बाइबल)
अब, तिमीले आफ्नो पशुहरूलाई सुरक्षित ठाउँमा राख्नुपर्छ। प्रत्येक तिम्रो चीच जो अहिले खेतमा छ, त्यो तिमीले सुरक्षित ठाउँमा राख्नुपर्छ। किन? किनभने मानिस होस् अथवा पशु जे पनि खेतमा हुन्छ त्यसलाई मारिनेछ। तिम्रो घर भित्र नराखिएको कुनै पनि वस्तुमाथि असिना पर्नेछ।”‘