Exodus 9:22 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब परमप्रभुले मोशालाई भन्नुभयो, “तेरो हात आकाशतिर पसार् र सारा मिश्रदेशमा असिना वर्षनेछ— मानिस, पशु र मैदानमा भएका घाँसपात जम्मैमाथि असिना वर्षनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब परमप्रभुले मोशालाई भन्नुभयो, “तेरो हात आकाशतिर पसार्, र सारा मिश्रभरि असिना परोस्— मिश्रभरिका मानिस, पशु, बारीमा उम्रने सबैमा असिना बर्सोस्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब याहवेहले मोशालाई भन्नुभयो, “तेरो हात आकाशतिर पसार्, र इजिप्ट देशमाथि, मानिसहरूमाथि, पशुहरूमाथि र इजिप्टको खेतमा बढ्दै गरेको प्रत्येक कुरामाथि असिना परोस्।”
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले मोशालाई भननु भयो, “तिम्रो पाखुरा हावामामाथि उठाऊ अनि मिश्रभरी असिना पर्न शुरू हुनेछ। मिश्रमा प्रत्येक मानिस, पशु र उद्भिदमाथि असिना पर्नेछ।”