Exodus 9:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मोशाले आफ्‍नो लट्ठी आकाशतिर उचाले। गड्याङगुडुङसँगै परमप्रभुले असिना वर्षाउनुभयो र जमिनमा चट्याङ खस्‍न लाग्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब मोशाले आफ्‍नो लहुरो आकाशतिर पसारे, र परमप्रभुले गर्जन र असिना पठाउनुभयो, र पृथ्‍वीसम्‍म बिजुली चम्‍क्‍यो। अनि परमप्रभुले मिश्रमा असिना बर्साउनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब मोशाले आफ्नो लहुरो आकाशतिर पसारे, तब याहवेहले गर्जन र असिना पठाउनुभयो; अनि बिजुली चम्केर जमिनसम्मै पर्‍यो। यसरी याहवेहले इजिप्टमा असिना बर्साउनुभयो।
Nepali ERV (पवित्र बाइबल)
तब मोशाले आफ्नो लहुरो हावामा उठाए अनि परमप्रभुले बिजुली गर्जन र असिनाहरू मिश्रमाथि पठाउनु भयो।