Exodus 9:29 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मोशाले राजालाई भने, “सहरबाट बाहिर जानेबित्तिकै मेरा हातहरू उचालेर परमप्रभुलाई प्रार्थना गर्नेछु। गर्जन बन्‍द हुनेछ र असिना थामिनेछ। तब यो पृथ्‍वी परमप्रभुको हो भनी तपाईंहरूलाई थाहा हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मोशाले उनलाई जवाफ दिए, “सहरबाट निस्‍कने बित्तिकै म परमप्रभुतिर आफ्‍नो हात पसार्नेछु, र गर्जन थामिनेछ, र असिना बर्सिनेछैन। अनि तपाईं जान्‍नुहोला कि पृथ्‍वी परमप्रभुकै हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मोशाले जवाफ दिए, “म यस सहरबाट बाहिर निस्केपछि मेरा याहवेहसित बिन्ती गर्दै आफ्ना हात पसार्नेछु। तब गर्जन थामिनेछ, र असिना फेरि पर्नेछैन; र तपाईंले यो पृथ्वी याहवेहकै हो भनी जान्‍नुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
मोशाले फिरऊनलाई भने, “जब म शहर छोडछु, म मेरो पाखुरा परमप्रभुसंगको प्रार्थनामा उठाउँनेछु गर्जन र असिना पर्न रोकिनेछ। तब तिमीलाई थाहा हुनेछ परमप्रभु यो भूमिमा हुनुहुन्छ।

Recommended Reading