Ezekiel 1:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती प्राणीहरू बल्‍दैगरेको कोइला वा राँकोजस्‍ता देखिन्‍थे। तिनीहरूको बीचमा आगोको मुस्‍लो यताउता सर्थ्यो। यो आगो चम्‍किलो थियो र त्‍यहाँबाट झिलिक-मिलिक बिजुली चम्‍कँन्‍थ्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ती जीवित जीवातको आकृति जलिरहेको आगोको भुङ्‌ग्रो वा राँकोजस्‍तो थियो। आगो ती जीवातहरूका बीचमा केही यतादेखि उता र उतादेखि यता गइरहेको देखिन्‍थ्‍यो। आगो चहकिलो थियो, अनि त्‍यसबाट बिजुली निस्‍कन्‍थ्‍यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती चार जीवित प्राणीहरूका रूप आगोका बल्दैगरेको कोइलाजस्तो अथवा राँकोजस्तो देखिन्थ्यो। ती प्राणीहरूका बीचमा बलिरहेको आगो यताउता जान्थ्यो; त्यो चहकिलो थियो र त्यसबाट बिजुली निस्कन्थ्यो।
Nepali ERV (पवित्र बाइबल)
हरेक प्राणीलाई यस्तो देखिन्थ्यो, ती प्राणीहरूको बीचको भाग बल्दै गरेको कोईलाको आगो जस्तै देखिएको हुन्थ्यो। यो आगो सानो-सानो राँको जस्तै ती प्राणीहरूको बीचमा बलिरहेको थियो। आगो चहकिलो थियो अनि त्यसबाट बिजुली निस्कन्थ्यो।