Ezekiel 1:24 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू उडेर जाँदा तिनीहरूका पखेटाको आवाज मैले सुनें, त्‍यो आवाज समुद्रजस्‍तै गर्जन्‍थ्‍यो अथवा ठूलो सेना हिंडेजस्‍तो वा सर्वशक्तिमान् परमेश्‍वरको सोरझैँ सुनिन्‍थ्‍यो। तिनीहरू अडिँदा पखेटा झार्थे,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू जाँदा तिनीहरूका पखेटाको आवाज धेरै पानीको गर्जन, सर्वशक्तिमान्‌को सोर, सेनाको खल्‍याङमल्‍याङको आवाज जस्‍तै मैले सुनें। तिनीहरू ठिङ्ग उभिँदा तिनीहरूले आफ्‍ना पखेटा तल झार्थे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब ती प्राणीहरू अगाडि बढ्थे, तब वेगसित बगिरहेका पानीको गर्जनजस्तो, सर्वशक्तिमान्‌को आवाजजस्तो, सेनाको होहल्‍लाजस्तो, तिनीहरूका पखेटाहरूको आवाज मैले सुन्थे। जब तिनीहरू खडा हुन्थे, तब तिनीहरूले आफ्ना पखेटाहरू तल झार्थे।
Nepali ERV (पवित्र बाइबल)
जब-जब त्यो प्राणीहरू हिँड्‌थ्यो, त्यसको पखेटाको ध्वनि बडो तेजसँगआउँथ्यो। त्यो ध्वनि समुद्रको गर्जन जस्तै हुन्थ्यो। त्यो सर्वशक्तिमान परमेश्वरको छेउमा निस्कने वाणी समान थियो। त्यो कुनै सेना समूहको स्वर जस्तै थियो। जब ती प्राणीहरू हिँड्न छोडथे त्यति बेला आफ्नो पखेटा तल झर्थ्यो।