Ezekiel 1:25 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर तिनीहरूको शिर मास्तिरको गुम्बजबाट भने आवाज निस्किरहन्थ्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आफ्ना पखेटा तल झारेर तिनीहरू टक्क अडिँदा, तिनीहरूको शिरको मास्तिर भएको विस्तृत क्षेत्रबाट एउटा सोर निस्क्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब तिनीहरू आफ्ना पखेटा तल झारेर उभिरहेका थिए, तब तिनीहरूका शिरमाथिको अन्तरबाट एउटा आवाज आयो।
Nepali ERV (पवित्र बाइबल)
ती प्राणीहरूले हिँड्न बन्द गर्थे, आफ्नो पखेटाहरू तल झर्थे अनि त्यँहा फेरि डरलाग्दो आवाज हुन्थ्यो। त्यो आवाज बटुकाबाट हुन्थ्यो जुन तिनीहरूको शिरमाथि थियो।