Ezekiel 1:27 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आगोको बीचमा काँसा चम्केझैँ त्यो आकार चम्कन्थ्यो अनि त्यसको ज्योति चारैतिर फैलिएको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनको कम्मरदेखि मास्तिर तिनको अनुहार जल्दो धातुजस्तै भएको मैले देखें— चारैतिर आगोले भरिएको जस्तै। कम्मरदेखि मुन्तिर पनि तिनको अनुहार आगोजस्तै देखियो, र चहकिलो उज्यालोले तिनलाई घेरिराखेको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले तिनको कम्मरदेखि मास्तिर आगोले भरिएको बल्दैगरेको चम्किलो धातुजस्तो देखेँ; अनि कम्मरदेखि मुन्तिर पनि आगोजस्तै देखिन्थ्यो; अनि त्यसको वरिपरि चम्किलो ज्योतिले घेरिराखेको थियो।
Nepali ERV (पवित्र बाइबल)
मैले त्यसको कम्मरमाथि हेरे। त्यो चहकिलो काँसा जस्तो देखिन्थ्यो। त्यसको चारैतिर आगोको ज्वाला निस्किरहेको थियो। मैले त्यसको कम्मरदेखि मुन्तिर हेरें, त्यहाँ पनि आगो जस्तै निक्लिरहेको थियो जुन त्यसको चारैतिर आगो जस्तै जग्मगाई रहेको थियो।