Ezekiel 1:28 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यस ज्‍योतिमा इन्‍द्रेणीका सबै रङ्गहरू देखिन्‍थे। यो दृश्‍यले परमप्रभुको महिमा प्रकट गर्दथ्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पानी परेको दिन बादलमा इन्‍द्रेनीको आकार देखिएझैँ तिनका चारैतिरको चमक त्‍यस्‍तै उज्‍ज्‍वल थियो। परमप्रभुका महिमाको प्रतिरूपको अनुहार यस्‍तै थियो। जब मैले त्‍यो देखें तब म घोप्‍टो परें, र कोही बोलिरहेको सोर मैले सुनें।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पानी परेको दिन बादलमा इन्द्रेणी देखिएजस्तै तिनका वरिपरि चम्किलो ज्योति थियो। याहवेहको महिमाको प्रतिरूपको रूप यसरी देखा पर्‍यो। जब मैले त्यो देखेँ, म घोप्टो परेर भुइँमा लडेँ; अनि मैले कोही बोलिरहेको सोर सुनेँ।
Nepali ERV (पवित्र बाइबल)
त्यसको चारैतिर उज्यालो प्रकाश बादलमा इन्द्रेणीको आकार जस्तै थियो। त्यो परमप्रभुको महिमा जस्तो थियो। जब मैले त्यो देखें र म पृथ्वीमा लडें। मैले भूँईंमा टाउको घोप्टो पारें अनि मैले कोही बोलिरहेको जस्तो स्वर सुनें।