Ezekiel 10:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र ती प्राणीहरू जाँदा पाङ्ग्राहरू पनि साथसाथ जान्थे। तिनीहरूले उड्न पखेटा फैलाउँदा त्यस बेला पनि पाङ्ग्राहरूसँगसँगै जान्थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब ती करूबहरू चलमल गर्थे, तब तिनीहरूका छेउका पाङ्ग्राहरू पनि तिनीहरूसितै जान्थे। जब ती करूबहरू भूइँबाट उँभो जानलाई आफ्ना पखेटा फैलाउँथे, तब ती पाङ्ग्राहरू करूबहरूका छेउबाट हट्दैनथे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब करूबहरू हिँड्थे, तिनीहरूका छेउका चक्काहरू पनि हिँड्थे; अनि जब करूबहरूले भुइँबाट उँभो उचालिनलाई आफ्ना पखेटा फैलाउँथे, तब ती चक्काहरू पनि तिनीहरूका छेउबाट हट्दैनथे।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूसित पाङ्ग्रा पनि उड्यो। पाङ्ग्राले आफ्नो दिशा त्यस बेला सम्म बदली गरेन जति बेला सम्म करूब स्वर्गदूतहरूले पखेटा खोलेर हावामा उडेनन्।