Ezekiel 10:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले हेर्दाहेर्दै ती प्राणीहरूले आफ्‍ना पखेटा फैलाएर पृथ्‍वीबाट माथितिर उडिगए र पाङ्ग्राहरू तिनीहरूसँगसँगै गए। तिनीहरू मन्‍दिरको पूर्वपट्टिको मूल-ढोकामा अडिए। तिनीहरूमाथि इस्राएलका परमेश्‍वरको महिमा थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि मैले नियालेर हेर्दा ती करूबहरूले आ-आफ्‍ना पखेटाहरू फैलाएर भूइँबाट उँभो-उँभो गए। तिनीहरू जाँदा ती पाङ्‌ग्राहरू पनि तिनीहरूका साथसाथै उँभो गए। तब परमप्रभुका भवनको पूर्वतिरका प्रवेशद्वारको मुखैमा तिनीहरू खड़ा भएर थामिए, र इस्राएलका परमेश्‍वरको महिमा तिनीहरूका मास्‍तिर थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले हेर्दाहेर्दै ती करूबहरूले आफ्ना पखेटा फैलाए र जमिनबाट माथि उठाए; अनि तिनीहरू जाँदा चक्‍काहरू पनि तिनीहरूसितै माथि गए। तिनीहरू याहवेहको भवनको पूर्वतिरको मूलढोकाको प्रवेशद्वारमा अडिए, र इस्राएलका परमेश्‍वरको महिमा तिनीहरूमाथि थियो।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि करूब स्वर्गदूतहरूले आफ्नो पखेटा खोलेर हावामा उडे। मैले उनलाई मन्दिर छोडदै गरेको देखें। पाङ्ग्रा उनकै साथमा गयो। त्यसपछि उनी परमप्रभुको मन्दिरको पूर्वी ढोकामा गएर बसे। इस्राएलको परमेश्वरको महिमा हावामा तिनीहरूमाथि थियो।