Ezekiel 10:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वरले त्यो मिहिन सुतीको पोशाक लाउने मानिसलाई भन्नुभयो, “ती जीवित प्राणीहरूमुनि भएका पाङ्ग्राहरूका बीचमा जा र ती प्राणीहरूका माझबाट आगोको भुङ्ग्रो हातभरि लिएर सहरमाथि छरिदे।” मैले त्यो मानिस गएको हेरें।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब परमप्रभुले त्यो सूती कपड़ा लगाएको मानिसलाई भन्नुभयो, “करूबहरूका मुन्तिर रहेका पाङ्ग्राहरूका बीचमा जा। ती करूबहरूका बीचमा भएको जलिरहेको आगोको भुङ्ग्रो हातमा लिएर सहरमाथि छरिदे।” तब मैले हेर्दाहेर्दै त्यो भित्र पस्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले सुती कपडा लगाएको त्यस मानिसलाई भन्नुभयो, “करूबहरूका मुन्तिर रहेका चक्काहरूको बीचमा जा। करूबहरूका बीचमा भएको जल्दैगरेका भुङ्ग्राहरूले आफ्ना हातहरू भर्, र तिनलाई सहरमाथि छरिदे!” तब मैले हेर्दाहेर्दै तिनी सहरभित्र गइहाले।
Nepali ERV (पवित्र बाइबल)
तब सिंहासनमा बस्ने मानिसले मिहिन सूती लुगा लगाएको मानिससित भन्नुभयो, “करूब स्वर्गदूतको मुनि रहेको पाङ्ग्राहरूको माझमा आऊ। करूब स्वर्गदूतको बीचबाट जलिरहेको कोइला हातमा लेऊ। जल्दै गरेको कोइलाहरू लैजाऊ अनि तिनीहरूलाई यरूशलेमको शहरमाथि फ्याँकिदेऊ।” मैले हेरिरहेको थिए मानिस भित्र गयो।