Ezekiel 10:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती प्राणीहरूको मास्तिरबाट परमप्रभुको महिमा उठेर मन्दिरको ढोकामा पुग्यो। तब बादलले मन्दिर भरियो र परमप्रभुको महिमाको चमकले चोक झलमल्ल भयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब परमप्रभुको महिमा करूबहरूका मास्तिरबाट मन्दिरको सँघारतिर लाग्यो। अनि भवन बादलले भरियो र चोकचाहिँ परमप्रभुको महिमाको चमकले भरियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब याहवेहको महिमा करूबहरूको माथिबाट उठेर मन्दिरको सँघारमा गयो। बादलले मन्दिरलाई ढाकिदियो, र चोकचाहिँ याहवेहको महिमाको चमकले भरियो।
Nepali ERV (पवित्र बाइबल)
तब परमप्रभुको महिमा करूब स्वर्गदूतबाट अलग भएर मन्दिरको ढोकामा गयो। बादल मन्दिरमा भरियो अनि परमप्रभुको महिमाले चोक पूरै भरियो।