Ezekiel 10:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती प्राणीहरूले पखेटा चलाएको आवाज बाहिरी चोकसम्‍म पनि सुनिन्‍थ्‍यो। यो आवाज सर्वशक्तिमान् परमेश्‍वरको आवाज जस्‍तै सुनिन्‍थ्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
करूबहरूका पखेटाको आवाजचाहिँ बाहिरको चोकसम्‍मै सुनिन्‍थ्‍यो— सर्वशक्तिमान्‌ परमेश्‍वर बोल्‍नुहुँदा सुनिने आवाज जस्‍तै त्‍यो थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
करूबहरूका पखेटाहरूको आवाज बाहिरको टाढा चोकसम्मै सुनिन्थ्यो। त्यो आवाज सर्वशक्तिमान् परमेश्‍वर बोल्नुहुँदा निस्कने आवाजजस्तै थियो।
Nepali ERV (पवित्र बाइबल)
तब मैले करूब स्वर्गदूतको जोडसित पंखेटा फट्फटाएको आवाज चोकमा सुनें। चोकमा फट्फटाहट बढो जोडसित थियो। सर्वशक्तिमान परमेश्वर बोल्नु भए झैं त्यो फट्फटाहटको आवाज जोडेले सुनिन्थ्यो।