Ezekiel 10:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जब परमप्रभुले मिहिन सुतीको पोशाक लाउने मानिसलाई ती जीवित प्राणीहरूमुनि भएका पाङ्ग्राहरूको बीचबाट केही आगोको भुङ्ग्रो लिन आज्ञा गर्नुभयो, तब त्‍यो मानिस भित्र गएर एउटा पाङ्ग्राको छेउमा उभियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब परमप्रभुले त्‍यो सूती कपड़ा लाउने मानिसलाई यसो भनेर आज्ञा दिनुभयो, “ती पाङ्‌ग्राका बीचमा, करूबहरूका माझबाट आगो ले।” तब त्‍यो मानिस गएर एउटा पाङ्‌ग्राको छेउमा उभियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब याहवेहले सुती कपडा लगाउने त्यो मानिसलाई आज्ञा दिनुभयो, “करूबहरूका बीचमा चक्‍काहरूबाट आगो ले,” त्यो मानिस भित्र गयो, र एउटा चक्‍काको छेउमा उभियो।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले मिहिन सूतीको लुगा लगाउने मानिसलाई आज्ञा दिनुभयो। परमेश्वरले उसलाई पाङ्ग्राहरूको बीचमा जाने आज्ञा दिनुभयो अनि करूब स्वर्गदूतको मुनिबाट बल्दै गरेको कोइला ल्याउन लगाउनु भयो। यसकारण ऊ पाङ्ग्राहरूको बीचमा पस्यो अनि पाङ्ग्राहरू मध्ये एउटा पाङ्ग्राको छेउमा उभियो।