Ezekiel 10:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एउटाचाहिँ प्राणीले आफ्‍नो हात त्‍यहाँ भएको आगोमा हाल्‍यो र केही आगोको भुङ्ग्रो लिएर त्‍यो मिहिन सुतीको पोशाक लाउने मानिसको हातमा राखिदियो। अनि भुङ्ग्रो लिएर त्‍यो मानिस त्‍यहाँबाट निस्‍क्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब एउटा करूबले आफ्‍नो हात करूबहरूकै बीचमा भएको आगोतिर पसारे, र त्‍यहाँबाट केही आगोको भुङ्‌ग्रो लिएर सूती कपड़ा लाउने मानिसको हातमा त्‍यो राखिदिए। र त्‍यो मानिसचाहिँ आगो लिएर बाहिर निस्‍क्‍यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब ती करूबहरूमध्ये एक जनाले तिनीहरूको बीचमा भएको आगोमा आफ्नो हात पसारे। तिनले बीचबाट केही आगोको भुङ्ग्रो लिएर सुती कपडा लगाउने मानिसको हातमा राखिदिए, र त्यसले त्यो कोइला लियो र बाहिर गइहाल्यो।
Nepali ERV (पवित्र बाइबल)
करूब स्वर्गदूतले आफ्नो हात पसारे अनि करूब स्वर्गदूतको क्षेत्रको बीचमा बल्दै गरेको अलिकति कोइला लिएर गयो। उसले त्यो कोइला त्यस मानिसको हातमा राखिदियो।