Ezekiel 11:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वरको आत्‍माले मलाई उचाल्‍नुभयो र मन्‍दिरको पूर्वपट्टिको मूल-ढोकामा पुर्‍याउनुभयो। त्‍यहाँ मूल-ढोकाछेउ मैले पच्‍चीस जना मानिसहरूलाई देखें। तीमध्‍ये प्रजाका दुई अगुवाहरू अज्‍जूरका छोरा याजन्‍याह र बनायाहका छोरा पलत्‍याह पनि थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब आत्‍माले मलाई उठाएर परमप्रभुका भवनको पूर्वतिरको प्रवेशद्वारमा ल्‍याउनुभयो। त्‍यहाँ प्रवेशद्वारको मुखैमा पच्‍चीस जना मानिसहरू थिए। तिनीहरूमध्‍ये मैले मानिसहरूका अगुवाहरू, अज्‍जूरका छोरा याजन्‍याह र बनायाहका छोरा पलत्‍याहलाई देखें।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब आत्माले मलाई माथि उठाएर याहवेहको भवनको पूर्वीय मूलढोकामा ल्याउनुभयो। त्यहाँ मूलढोकाको प्रवेशद्वारमा पच्‍चीस जना मानिसहरू थिए। तिनीहरूमध्ये मैले मानिसहरूका अगुवाहरू अज्जूरका छोरा यजन्याह र बनायाहका छोरा पलत्याहलाई देखेँ।
Nepali ERV (पवित्र बाइबल)
तब हावाले मलाई परमप्रभुको मन्दिरको पूर्वी ढोकामा लग्यो। त्यस ढोका पूर्वपट्टि फर्केको थियो जताबाट सूर्य उदय हुन्थ्यो। मैले त्यस मूल ढोकाको प्रवेशमा पच्चीस जना मानिसहरू देखें। अज्जूरको छोरा याजन्याह तिनीहरूसित थिए अनि बनायाहको छोरा पलत्याह दुवै जना मानिसहरूको अगुवा त्यहाँ थिए।