Ezekiel 11:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूले जान्‍नेछौ कि म नै परमप्रभु हुँ किनभने तिमीहरूले मेरा नियमहरू र आज्ञाहरू पालन गरेका छैनौ तर आफ्‍नो छिमेकी राष्‍ट्रहरूका नियम-विधिहरू पालन गरेका छौ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्‍नेछौ, किनकि तिमीहरू मेरा विधिहरूमा हिँड़ेका छैनौ, न त मेरा नियमहरू तिमीहरूले पालन गरेका छौ, तर तिमीहरूका वरिपरि भएका जाति-जातिहरूका चालबमोजिम तिमीहरू चलेका छौ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि तिमीहरूले म नै याहवेह हुँ भनी जान्‍नेछौ; किनकि तिमीहरूले मेरा उर्दीहरू पालन गरेका छैनौ र आज्ञाहरू मानेका छैनौ; तर तिमीहरू आफ्ना चारैतिरका अन्य जातिहरूकै स्तरमा तिनीहरूका रीतिअनुसार चलेका छौ।”
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि तिमीहरूले जान्नेछौ कि म नै परमप्रभु हुँ। त्यो मेरो नियम थियो जुन तिमीले तोड्यौ। तिमीले मेरो नियमहरू पालन गरेनौ। तिमीले आफ्नो चारैतिरको राष्ट्रका मानिसहरू जस्तै बस्ने निर्णय गर्यौ।”