Ezekiel 11:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले यो अगमवाणी गर्दैगर्दा बनायाहका छोरा पलत्‍याह मरे। म भूइँमा घोप्‍टो परें र चिच्‍च्‍याएर भनें, “सार्वभौम परमप्रभु के साँच्‍चै तपाईंले इस्राएलमा बाँकी रहेकाहरू सबैलाई मार्नुहुन्‍छ?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब मैले अगमवाणी भनिरहेको थिएँ, तब बनायाहका छोरा पलत्‍याह मरे, तब घोप्‍टो परेर मैले चर्को सोरमा कराएर भनें, “हाय, परमप्रभु परमेश्‍वर! के इस्राएलका बचेकाहरूलाई तपाईंले सम्‍पूर्ण रूपले सर्वनाश गर्नुहुन्‍छ?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब मैले अगमवाणी गरिरहेको थिएँ, बनायाहका छोरा पलत्याहको मृत्यु भयो। तब म भुइँमा घोप्टो परेँ र चर्को सोरले कराएँ, “हाय, प्रभु याहवेह! के तपाईंले इस्राएलको बाँकी रहेका मानिसहरूलाई पनि सम्पूर्ण रूपले नाश गर्नुहुनेछ?”
Nepali ERV (पवित्र बाइबल)
मैले परमेश्वरको निम्ति बोल्न समाप्त गर्ने साथ, बनायाहको छोरा पलत्याह मरे। म पृथ्वीमा लडे। मैले पृथ्वीमा टाउको टेकें र भनें, “हाय! परमप्रभु मेरा मालिक के तपाईं इस्राएलका सबै बाँचेका मानिसहरूलाई सम्पूर्ण रूपले नाश गर्न तयार हुनुहुन्छ?”