Ezekiel 11:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“ए मरणशील मानिस”, “यरूशलेमका बासिन्‍दाहरूले देश निकाला भएकाहरू अर्थात् तँ र तेरा इस्राएली बन्‍धुहरूबारे कुरा गर्दै छन्। तिनीहरू भन्‍छन्, ‘यी देशनिकाला भएकाहरू परमप्रभुदेखि टाढा छन् र उहाँले यस देशको अधिकार हामीलाई दिनुभएको छ।’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हे मानिसको छोरो, तेरा दाजुभाइहरू— तेरा दाजुभाइहरू जो तेरा रगतका आफन्‍तहरू र इस्राएलका सारा घराना— यी सबै ती नै हुन्, जसका विषयमा यरूशलेमका बासिन्‍दाहरूले यसो भनेका थिए, ‘यिनीहरू परमप्रभुदेखि टाढ़ा भएका छन्‌। यो देश हामीलाई अधिकार गर्न दिइएको थियो’।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हे मानिसको छोरा, यरूशलेममा बसोबास गर्ने मानिसहरूले तेरा आफ्नै नातेदार निर्वासित यहूदी दाजुभाइहरू र इस्राएलका सम्पूर्ण घरानाहरूका विषयमा यसो भनेका छन्, ‘तिनीहरू याहवेहदेखि धेरै टाढा छन्; यो इस्राएल देश हामीलाई हाम्रो अधिकारको रूपमा दिइएको हो।’
Nepali ERV (पवित्र बाइबल)
“मानिसको छोरो! तिमी इस्राएलको परिवारको आफ्ना दाजू-भाइहरूलाई सम्झना गर जसलाई आफ्नो देश छोडनलाई बाध्य गरिएको थियो। तर म तिनीहरूलाई फर्काई ल्याउँनेछु। तर यहाँ यरूशलेमका बासिन्दाहरूले भन्दैछन्, ‘तिनीहरू परमप्रभुबाट टाढो गए। यो भूमि हामीलाई दिइसकेकोछ यो हाम्रो हो।”‘