Ezekiel 11:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“अब तेरा इस्राएली बन्धुहरूलाई म के भन्दै छु, त्यो सुन्। तिनीहरूलाई टाढा देशहरूमा छरपष्ट पारेर अरू जातिहरूका माझमा बसोबास गर्न पठाउने म नै हुँ। तापनि केही समयको लागि तिनीहरू बसोबास गरेका देशहरूमा म तिनीहरूको साथमा हुनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यसकारण यसो भन्, ‘परमप्रभु परमेश्वर भन्नुहुन्छ: यद्यपि मैले तिनीहरूलाई जाति-जातिहरूका बीचमा टाढ़ा पठाएँ र तिनीहरूलाई देश-देशमा तितरबितर पारें, तिनीहरू गएका देशमा केही समयको निम्ति म तिनीहरूको शरणस्थान भएको छु’।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यसकारण भन्: ‘प्रभु याहवेह यसो भन्नुहुन्छ: यद्यपि मैले तिनीहरूलाई जातिहरूको बीचमा टाढा पठाएँ, र तिनीहरूलाई अन्य देशहरूका बीचमा तितरबितर पारेँ; तर पनि तिनीहरू गएका देशहरूमा म केही समय तिनीहरूका निम्ति पवित्रस्थान बनिरहेँ।’
Nepali ERV (पवित्र बाइबल)
“यसकारण मानिसहरूसँग भन परमप्रभु हाम्रा मालिक भन्नु हुन्छ, ‘यो साँचो हो कि मैले आफ्नो मानिसहरूलाई टाढो भूमिहरूमा जानको निम्ति बाध्य गरें। मैले नै तिनीहरूलाई धेरै देशहरूमा तितर-बितर पारें। ती भूमिहरूमा म तिनीहरूको निम्ति केही समय मन्दिर हुनेछ।