Ezekiel 11:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“यसकारण तिनीहरूलाई म सार्वभौम परमप्रभु जे भन्‍दै छु त्यो सुना। मैले तिनीहरूलाई छरपष्‍ट पारिराखेका देशहरूबाट फेरि एकसाथ जम्‍मा गर्नेछु र तिनीहरूका हातमा यस इस्राएल देश फर्काइदिनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यसकारण भन्, ‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: जाति-जातिहरूबाट म तिमीहरूलाई जम्‍मा गर्नेछु। जहाँ-जहाँ तिमीहरू तितरबितर भएका छौ, ती देशहरूबाट म तिमीहरूलाई फर्काएर इस्राएलको देश दिनेछु’।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यसकारण निर्वासित इस्राएलीहरूलाई भन्: प्रभु याहवेह यसो भन्‍नुहुन्छ: म तिमीहरूलाई जाति-जातिहरूबाट जम्मा गर्नेछु, र तिमीहरूलाई छरपस्ट पारिएका देशहरूबाट फर्काएर ल्याउनेछु; अनि फेरि म तिमीहरूलाई इस्राएल देश फर्काइदिनेछु।
Nepali ERV (पवित्र बाइबल)
यसकारण तिमीले तिनीहरूलाई भन्नु पर्छ कि परमप्रभु तिनीहरूको मालिकले तिनीहरूलाई फेरि फर्काएर ल्याउँनु हुन्छ। मैले तिमीहरूलाई धेरै देशहरूमा छरिदिएँ। तर म तिमीहरूलाई एक ठाँउमा जम्मा गर्नेछु अनि ती देशहरूबाट तिमीहरूलाई फर्काएर ल्याउँनेछु। म इस्राएलको प्रदेश तिमीहरूलाई फेरि दिनेछु।