Ezekiel 11:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुको आत्‍मा ममा उत्रनुभयो र मानिसहरूलाई यो सन्‍देश दिन मलाई भन्‍नुभयो, “परमप्रभु भन्‍नुहुन्‍छ, हे इस्राएलका मानिसहरू हो, तिमीहरू के भन्‍दै छौ अनि के उपाय रच्‍दै छौ, सो म जान्‍दछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब परमप्रभुका आत्‍मा ममाथि आउनुभयो, र उहाँले मलाई यसो भन्‍न लाउनुभयो: “परमप्रभु यसो भन्‍नुहुन्‍छ: हे इस्राएलका घराना, तिमीहरू त त्‍यस्‍तै छौ भनी भन्‍दैछौ, तर तिमीहरूका मनमा आउने विचारहरू म जान्‍दछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब याहवेहको आत्मा ममाथि आउनुभयो, र उहाँले मलाई यसो भन्‍न लाउनुभयो: “याहवेह यसो भन्‍नुहुन्छ: हे इस्राएलका घराना हो, तिमीहरूले यसरी भनिरहेका त छौ, तर तिमीहरूका मनभित्र के सोचिरहेका छौ, सो म जान्दछु।
Nepali ERV (पवित्र बाइबल)
तब परमप्रभुका आत्मा ममाथि आउनु भयो र मलाई भन्नुभयो, “तिनीहरूलाई भन परमप्रभुले यी सबै कुरा भन्नु हुँदैछ इस्राएलका घरानाहरू, तिमीहरूले ठूलो योजना बनाउँदैछौ। तर मलाई थाहा छ तिमीहरूले के सोचिरहेकाछौ।